स्पेन कोरोनाले अतिप्रभावित देश हो। हालसम्म स्पेनमा २ लाख २३ हजारभन्दा बढी कोरोना संक्रमित पुष्टि भएका छन्।
त्यहाँ २२ हजार ९ सयको मृत्यु भएको छ भने ९५ हजारभन्दा बढी उपचारपछि स्वस्थ बनेका छन्।
यतिबेला झन्डै ६ हप्तापछि स्पेनका बालबालिकालाई घर बाहिर निस्कन छुट दिइएको छ। एकदेखि १४ वर्षसम्मका बालबालिकालाई दिनमा कम्तिमा एक घण्टा अभिभावकको साथमा निस्कन दिइने बताइएको छ।
उनीहरु घरबाट एक किलोमिटर वरपरका क्षेत्रमा हिँडडुल गर्न सक्नेछन्। बाटोमा हिँड्दा मास्क लगाउने र व्यक्ति–व्यक्तिबीचको दुरीको नियम पालना हुनुपर्ने पनि जनाइएको छ।
आइतबार स्पेनमा बालबालिका अभिभावकसँग घुम्न निस्किएका दृश्य देखिएको छ। बालबालिकाहरु खुशी भएको बताइएको छ। एजेन्सी

प्रतिक्रिया