कारोबार


नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको प्रथम साधारणसभा सम्पन्न

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको प्रथम साधारणसभा सम्पन्न

नेपालखबर
कात्तिक १५, २०८२ शनिबार १७:४, काठमाडौँ

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)को पहिलो वार्षिक साधारणसभा शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ। 

सभाले सार्वजनिक–निजी साझेदारीमार्फत सरकारी तथा गैर सरकारी कोषसँग मिलेर ठूला र रोजगारमुलक परियोजनामा लगानी बढाउने निर्णय गरेको छ।

अध्यक्ष चन्द्रप्रसाद ढकालले जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषि र साना–मझौला उद्योगमा लगानी विस्तार गरी ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्ने योजना सार्वजनिक गरे। उनले भने, ‘ठूला र रणनीतिक उद्योगमा लगानी गर्दै मुलुकको अर्थतन्त्र लयमा ल्याउन, आर्थिक गतिविधि अघि बढाउन र रोजगारी सिर्जना गर्न सक्छौं।’

ढकालले स्वदेशी र गैर आवासीय नेपाली लगानीकर्ताबाट व्यापक चासो देखिएको उल्लेख गर्दै, उद्योग÷व्यवसाय स्थापना, सञ्चालन र विस्तारका लागि परामर्श सेवा दिने योजना रहेको जानकारी दिए।

स्थापना भएको एक वर्षमै कम्पनीको कुल पुँजी १० अर्ब रुपैयाँ पुगेको छ र ४६ जिल्लाका २४६ जना शेयरधनी यसमा सहभागी छन्। कम्पनीले देशभरका उद्यमी र गैर आवासीय नेपालीको लगानी समेटेर आर्थिक विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad