कारोबार


आयल निगमले सार्वजनिक गर्‍यो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची

आयल निगमले सार्वजनिक गर्‍यो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची

फाइल तस्बिर


नेपालखबर
कात्तिक १५, २०८२ शनिबार ६:३, काठमाडौँ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ।  

निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकको निर्णयअनुसार डिजेल र मट्टितेलको मूल्य एक रुपैयाँ घटाइएको छ भने पेट्रोलको मूल्य यथावत राखिएको छ। 

गएराति १ बजेदेखि लागू हुने गरी निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर सातले बढाएको छ। 

निगमनले यसपाली इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.०३ र हवाई इन्धनमा प्रतिलिटर रु ०.८६ ले बढेर तथा डिजेलमा प्रतिलिटर रु १.१९ ले घटेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ।

हेर्नुहोस् मूल्य सूची 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad