कारोबार


एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
कात्तिक १२, २०८२ बुधबार १०:३७, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ।  

काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी भेनुमा बुधबार बिहान ११ बजेदेखि सुरु हुने बैठक भोलिसम्म जारी रहने पार्टी उपाध्यक्षसमेत रहेका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए। 

बैठकमा मुलुकको वर्तमान राजनीतिक परिस्थिति र पार्टीको दायित्व, जेनजी आन्दोलन, निर्वाचन तयारी लगायतका विषयमा छलफल हुनेछ। 

बैठकमा पार्टी एकता कार्यदल समितिले पार्टी एकताका लागि गरेको छलफल र प्रगति रिपोर्ट पनि प्रस्तुत गर्ने गर्ने बताइएको छ। 

एकीकृत समाजवादीले माओवादी केन्द्रसहितका बामपन्थी दलहरुसँग एकताको लागि पहल अघि बढाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad