कारोबार


कार्यप्रगतिविनाका ४८ सडकका ठेक्का तोड्दै सडक डिभिजन काठमाडौं

कार्यप्रगतिविनाका ४८ सडकका ठेक्का तोड्दै सडक डिभिजन काठमाडौं

नेपालखबर
कात्तिक ११, २०८२ मंगलबार १२:९, काठमाडौँ

सडक डिभिजन काठमाडौंले मातहतका ४८ सडकका ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ। 

सूचना निकाल्दै सडक विभागअन्तर्गत संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंको डिभिजन कार्यालयले ठेक्का किन नतोड्ने भन्दै १५ दिने सूचना निकालेको हो। 

निर्माण व्यवसायीहरुले ठेक्का लिएका सडक/पुल निर्माण कार्यको प्रगति सन्तोषजनक नरहेको तथा लामो समय बित्दा पनि कार्यप्रगतिमा सुधार नभएपछि कार्यालयले स्पष्टीकरण मागेको हो। 

‘पटक पटक मौखिक तथा लिखित निर्देशन दिइएकोमा हालसम्म पनि कार्यप्रगतिमा सुधार नभएको, पेस भएको संशोधित कार्यतालिकाअनुसार कार्य नभएको, कार्यसम्पन्न गर्नेतर्फ तदारुकता नदेखाउको, साथै ठेक्काको म्याद नरहेको, ठेक्का फरफारक नभएको र लामो समयसम्म ठेक्का अलपत्र अवस्थामा रहेकाले ठेक्का सम्झौताको प्रावधानअनुसार ठेक्का अन्त्य किन नगर्ने? ठेक्का अन्त्य गर्नु नपर्ने कुनै यथोचित कारण भए १५ दिनभित्र स्पष्टीकरणसहित आधिकारिक प्रतिनिधि स्वयं यस कार्यालयमा उपस्थित हुनुहुन अनुरोध छ’, सूचनामा भनिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad