कारोबार


कञ्चनपुरको दोदा नदीमा निर्माणाधीन पुलको काम ९० प्रतिशत पूरा

कञ्चनपुरको दोदा नदीमा निर्माणाधीन पुलको काम ९० प्रतिशत पूरा

नेपालखबर
कात्तिक ६, २०८२ बिहिबार १६:३९, कञ्चनपुर

दोदा नदीमा निर्माणाधीन पुलका काम ९० प्रतिशत कार्य पूरा भएको छ ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीका अनुसार आगामी पुस मसान्तभित्र सम्पन्न गर्ने गरी पुल निर्माणको काम भइरहेको छ। हालसम्म पुलको ‘सुपरस्ट्रक्चर’को कार्य पूरा भएको र अब पुलको दुवै छेउतर्फ पर्खाल निर्माण र माटो भरानको काम भइरहेको उनले जानकारी दिए।

पुल निर्माणको कुल लागत अनुमान रु २४ करोड ७३ लाख ८० हजार रहेकामा लुम्बिनी-राजेन्द्र-कुमार-श्रेष्ठ जेभीसँग रू २४ करोड तीन लाख ९२ हजारमा ठेक्का सम्झौता भएको छ। विसं २०७२ पुस २६ गते तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि व्यवसायीको ढिलासुस्तीका कारण समयमै सम्पन्न हुन सकेको छैन।

पुष मसान्तमा काम सम्पन्न गर्ने गरी म्याद थपिएको र चालु आआर्थिक वर्षमा पुल निर्माणका लागि ४० लाख मात्रै विनियोजन भएकाले समस्या हुने हो कि भन्ने चिन्ता रहेको जोशीले सुनाए। पलको काम सम्पन्न गर्न अझै चार करोड आवश्यक पर्ने उनले बताए।

त्यहाँ पुल नहुँदा स्थानीयले जोखिम मोलेर नदी वारपार गर्दै आएका छन्। पुल निर्माण भए लाझाडी, शुक्लाफाँटा र कृष्णपुरका बासिन्दाको आवागमनमा सहज हुने स्थानीय बच्चन रानाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad