समाज


वसन्तपुरमा अञ्जली दिदीको सामूहिक भाइटीका (तस्बिरहरू)

वसन्तपुरमा अञ्जली दिदीको सामूहिक भाइटीका (तस्बिरहरू)

नेपालखबर
कात्तिक ६, २०८२ बिहिबार १६:४३, काठमाडौँ

हरेक वर्षको भाइटीकाझैं यो वर्षपनि अञ्जली दिदीले सामूहिक भाइटीका लगाइ दिएकी छिन्।  

काठमाडौँमा २०५५ सालदेखि नै सामूहिक रुपमा भाइटीका लगाउँदै आएकी ताहाचलकी अञ्जली दिदीले विगत वर्षहरुझैं यस वर्षपनि सामूहिक रुपमा भाइटीका लगाइ दिएका छन्। 

काठमाडौँको मरुमा रहेको काष्ठमण्डप मरु सतलको गोरखनाथ परिसरमा आज (आइतबार) उनले सयौँको संख्यामा सामूहिक भाइटीका लगाइ दिएकी  हुन्। अञ्जली दिदिले तिहारको अवसरमा भाइटीका लगाइदिएको यस वर्षसँगै २६ वर्ष पूरा भएको छ।

सबैमा भ्रातृत्वको भावना हुनुपर्ने बताउनु भयो। अहिलेसम्म भाइटीकालाई निरन्तरता दिइरहेको र स्वास्थ्यले साथ दिने बेलासम्म लगाइरहने बताए।

उनले भने, ‘कोही पनि दाजुभाइलाई भेदभाव नगरीकन भाईटीका लगाएका छौँ। सबैमा यस्तै किसिमको भ्रातृत्वको भावना होस्। अहिलेसम्म निरन्तरता दिइरहेको छु। टीका लगाउनु नै ठूलो कुरा हो भनेर आउनुभएको छ। दीर्घायु, चीरायुको कामना गर्दछु। शरीरले साथ दिएसम्म टीका लगाइरहनेछु।’

स्याङ्जाका २०४८ सालदेखि टीका लगाउँदै आएका स्याङ्जाका खेमबहादुर नेपालीले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग अञ्जली दिदीलाई सम्मान गर्न माग गरे।

 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad