कारोबार


अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको मूल्य घट्यो

अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको मूल्य घट्यो

नेपालखबर
कात्तिक ४, २०८२ मंगलबार ४:३९, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनार, युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। 

आज अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०७ पैसा थियो। 

त्यसैगरि आज युरो १ को खरिदर १६३ रुपैयाँ ६० पैसा र बिक्रीदर १६४ रुपैयाँ ३० पैसा छ। हिजो युरो १ को खरिदर १६३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३७ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८८ रुपैयाँ २७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ०७ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३९ पैसा थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ ११ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५० पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ २६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६५ पैसा थियो। 

त्यसैगरि आज कुवेती दिनार १ को खरिदर ४५८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४६० रुपैयाँ ७२ पैसा छ। हिजो कुवेती दिनार १ को खरिदर ४५९ रुपैयाँ १२ पैसा र बिक्रीदर ४६१ रुपैयाँ ०८ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिदर ३७२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७४ रुपैयाँ छ। हिजो बहराइन दिनार १ को खरिदर ३७२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७४ रुपैयाँ २२ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad