कारोबार


अब ज्येष्ठ नागरिकले पाउनेछन् हवाई भाडामा व्यापक छुट

८० वर्षभन्दा माथिका नागरिकलाई ८० प्रतिशतसम्म छुटको व्यवस्था
अब ज्येष्ठ नागरिकले पाउनेछन् हवाई भाडामा व्यापक छुट

फाइल तस्बिर


नेपालखबर
कात्तिक ३, २०८२ सोमबार ५:१६, काठमाडौँ

नेपाल नागरिक उड्डयन प्राधिकरणले ज्येष्ठ नागरिक र फरक क्षमता भएका यात्रुका लागि हवाई भाडामा छुट दिने निर्णय गरेको छ। 

प्राधिकरणका महानिर्देशकको अध्यक्षतामा वायुसेवा सन्चालक सङ्घका अध्यक्ष तथा नेपालका आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिबीच आइतबार भएको बैठकको सहमतिअनुसार भाडा छुटको निर्णय भएको प्राधिकरणले विज्ञप्तिमार्फत जनाएको छ।

सहमतिअनुसार ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा नेपाल सरकारले तोकेको अधिकतम भाडादरमा ५० प्रतिशत छुट पाउनेछन् । त्यसैगरी ७५ वर्षभन्दा माथिका यात्रुका लागि ७० प्रतिशत र ८० वर्षभन्दा माथिका यात्रुका लागि ८० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

फरक क्षमता भएका यात्रुका लागि पनि न्यूनतम ५० प्रतिशत छुट सुनिश्चित गरिने भएको छ। प्राधिकरणले सहमति भएका व्यवस्था आइतबारदेखि नै लागू गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad