मितेरी डेभलपमेन्ट बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०८१/०८२ को मुनाफा तथा सञ्चित मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव गरेको छ।
बैंकको २९ गते बसेको सञ्चालक समिति बैठकले १ अर्ब २१ करोड ७१ लाख रुपैयाँ चुक्ता पुँजीको १० प्रतिशतले हुने १२ करोड १७ लाख १० हजार रुपैयाँ नगद लाभांश बाँड्ने प्रस्तावबारे निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर २०औँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन्।
18
Shares

प्रतिक्रिया