कारोबार


कोरोना महामारीका बेला यी अर्बपतिको सम्पत्ति १ अर्ब डलरले बढ्यो

कोरोना महामारीका बेला यी अर्बपतिको सम्पत्ति १ अर्ब डलरले बढ्यो

नेपालखबर
बैशाख १२, २०७७ शुक्रबार ९:३१,

विश्वमा कोरोनाभाइरसको महामारी चलिरहँदा अमेरिकाका दुई चर्चित अर्बपतिले भने १० प्रतिशत बढी सम्पत्ति जोड्न सफल भएका छन्।

रोयटर्सका अनुसार अर्बपतिद्वय जेफ बेजोस र एलन मस्कको सम्पत्ति झण्डै १० प्रतिशतले बढेको हो। यससम्बन्धी रिपोर्ट इन्स्टिच्युट फर पोलिसी स्टडिज(आईपीएस)ले निकालेको छ।

अमेरिकामा करिब २ करोड २० लाखले रोजगारी गुमेको भन्दै सरकारसँग राहत मागिरहँदा दुई अर्बपतिको सम्पत्ति उल्लेख्य वृद्धि भएको हो। महामारीका कारण विश्व नै बन्दप्रायः हुँदा केही कम्पनी र धनीहरुलाई भने फाइदा पुगेको छ।

केही हप्तायता भिडियो सेवाप्रदायक जुमका ग्राहक तीव्रगतिमा बढेका छन्। यी कम्पनीहरुको स्वामित्व लिने धनाढ्यहरुलाई यसले फाइदा पुगेको हो। उक्त रिपोर्टका सहलेखक चक कोलिन्सका अनुसार जनवरी १ देखि अप्रिल १० सम्म अमेरिकाका ३४ अर्बपतिको सम्पत्ति लाखौँ डलरले बढेको छ।

त्यसमध्ये आठ जना अर्बपतिहरुमा अमेजनका जेफ बेजोस, जुमका एरिक युआन र टेस्लाका एलन मस्कको ढुकुटीमा सम्पत्ति झण्डै १ अर्ब डलर थपिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad