कारोबार


बाला लाग्ने बेलाको धान वर्षा र हावाहुरीले सोत्तर

बाला लाग्ने बेलाको धान वर्षा र हावाहुरीले सोत्तर

नेपालखबर
असोज २०, २०८२ सोमबार १८:६, काठमाडौँ

भोजपुर जिल्लामा लगातार भइरहेको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेको छ। बाला लाग्ने बेलाको धान लडेपछि किसान चिन्तामा परेका छन्।

जिल्लाको अधिकांश भेगमा असोजसम्म धान बाली परिपक्व अवस्थामा पुगेको भएपनि यसपटक वर्षा र हावाहुरीका कारण  धानबाली क्षति पुगेको किसानको भनाइ छ । 

जिल्लाको बोखिम, पोखरे, दावालगायत धेरै ठाउँमा धानबालीमा क्षति पुगेको छ। जिल्लाका सबै स्थानीय तहमा धानको खेती हुने गरेको छ। वर्षासँगै आएको हावाले धानबालीमा क्षति पुर्‍याएको भोजपुर नगरपालिका–५ बोखिमका स्थानीय किसान रूपनारायण फुयाँलले बताए। 

बोखिम क्षेत्रका धेरै किसानको धानबालीमा बर्सातले क्षति पुर्‍याएको उनको भनाइ छ। 

‘भारी बर्सातका कारण धानबालीमा क्षति पुगेको छ’ उनले भने, ‘पसाउँदै गरेको धान खेतमा ढलेर सखाप भएको अवस्था छ, अझै यस्तै अवस्था रहेमा धानबालीमा ठूलो क्षति हुने अवस्था छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad