कारोबार


विपद्‍बाट विद्युतीय संरचनामा क्षति पुग्न नदिन उच्च सतर्कता, मर्मत टोली तयारी अवस्थामा

विपद्‍बाट विद्युतीय संरचनामा क्षति पुग्न नदिन उच्च सतर्कता, मर्मत टोली तयारी अवस्थामा

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल स्युचाटारस्थित भार प्रेषण केन्द्रमा विद्युत आपूर्तिबारे जानकारी लिँदै


नेपालखबर
असोज १८, २०८२ शनिबार २०:२५, काठमाडौँ

नेपाल विद्युत प्राधिकरणले भारी वर्षा तथा अति भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो, डुबानलगायतका कारण विद्युतीय संरचनामा क्षति पुग्न नदिन उच्च सतर्कता अपनाएको छ।

विद्युतीय संरचनामा क्षति पुग्न नदिन र विद्युत सेवा अवरुद्ध भएमा मर्मत सम्भार गरी लाइन तत्कालै चालू गराउन कर्मचारीलाई तयारी अवस्थामा राखिएको छ। 

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले विपद्का कारण मुख्य रुपमा ग्रिड सबस्टेसन, विद्युत उत्पादनगृह र वितरण सबस्टेसन एवम् लाइनमा पुग्न सक्ने सम्भावित क्षतिलाई आकलन गरी पूर्वतयारी गरिएको बताए। 

विद्युतगृहका बाँधस्थलमा रहेका गेट सञ्चालनका लागि एक सिफ्टमा ३-३ जना कर्मचारी खटिने गरेकोमा विपद्लाई ध्यान दिएर ६-६ जना रहने व्यवस्था मिलाइएको, सबस्टेसन डुबानमा परेमा पानी फाल्न पम्पहरू तयारी अवस्थामा राखिएको, पहिरोको खतरा भएका ठाउँमा रहेका प्रसारण लाइनका टावर परपरको क्षेत्रमा त्रिपालले ढाकिएको, विद्युतीय संरचनामा क्षति पुगेमा तुरुन्तै सम्बन्धित वितरण केन्द्र, नो लाइट वा हेल्पडेक्स एवम् हटलाइन नम्बर ११५० मा जानकारी दिन सकिने र जानकारी पाउनासाथ लाइन मर्मतका लागि टोली परिचालन हुने व्यवस्था गरिएको कार्यकारी निर्देशक सिलवालले उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad