वायुसेवा संचालक संघ, नेपालले काठमाडौं उपत्यकामा बाढी प्रभावितको निशुल्क उद्धारगर्ने जानकारी दिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाउँदै देशका विभिन्न भूभागहरूमा बाढीपहिरो जस्ता विपदजन्य अवस्थामा परेका आम नागरिकको उद्धार कार्यको लागि संघमा आवद्ध हेलिकप्टर कम्पनीहरू तयारी अवस्थामा रहेका संघका अध्यक्ष मनोज कार्कीले जानकारी गराएका छन्।
‘काठमाडौं उपत्यका भित्र हुने विपदजन्य घटनामा सदस्य वायुसेवा कम्पनी (हेलिकप्टर) हरूले निःशुल्क उद्धार गर्ने तथा उद्धार कार्यमा समन्वय गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचर काठमाडौंलाई समन्वय अधिकारी तोक्न आग्रह गर्दै समन्वय अधिकारीको निर्देशन बमोजिम उद्धार कार्य गर्ने’ अध्यक्ष कार्कीले बताएका छन्।
342
Shares

प्रतिक्रिया