कारोबार


कालीमाटीमा आज यस्तो छ, तरकारी तथा फलफूलको थोक मूल्य

कालीमाटीमा आज यस्तो छ, तरकारी तथा फलफूलको थोक मूल्य

नेपालखबर
असोज १७, २०८२ शुक्रबार ७:४१, काठमाडौँ

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारका लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार आज गोलभेँडा ठूलो (भारतीय) अधिकतम प्रतिकेजी रु ८०, गोलभेँडा सानो (लोकल) रु २५ र गोलभेँडा सानो (टनेल) रु ४५ तोकिएको छ। आलु रातो रु ५२, आलु रातो (भारतीय) रु ३०, आलु रातो (मुडे) रु ४४ र आलु सेतो प्रतिकेजी रु ४० मा बिक्री भइरहेको छ।

त्यस्तै प्याज सुकेको (भारतीय) रु ३९, गाजर (लोकल) रु १३०, गाजर (तराई) रु ११०, बन्दाको प्रतिकेजी रु ४०, काउली स्थानीय रु ११०, मुला रातो रु ५०, मुला सेतो (लोकल) रु ७० मा तोकिएको छ।

त्यस्तै, प्याज सुकेको (भारतीय) रु ३९, गाजर (लोकल) रु १३०, गाजर (तराई) रु ११०, बन्दाको प्रतिकेजी रु ४०, काउली स्थानीय रु ११०, मुला रातो रु ५०, मुला सेतो (लोकल) रु ७० मा तोकिएको छ।

भन्टा लाम्चो र डल्लो दुवै प्रतिकेजी रु ४०, बोडी (तने) रु ११०, मकै बोडी रु ८०, घिउ सिमी (लोकल तथा हाइब्रिड) दुवै रु १२०, टाटे सिमी रु ७०, भटमासकोशा रु ९०, तितो करेला रु ६०, लौका रु ६०, परवर (लोकल र तराई) दुवै रु ७०, चिचिन्डो रु ३०, घिरौला रु ६०, झिगुनी रु १००, फर्सी पाकेको रु ८०, हरियो फर्सी (डल्लो) रु ३५, सलगम रु ९०, भिन्डी रु ८०, सखरखण्ड रु १००, बरेला रु १००, पिँडालु रु ८०, स्कुस रु २० र रायो साग प्रतिकेजी रु १५० तोकिएको छ।

त्यसैगरी पालुंगो साग रु २००, चमसुरको साग रु १८०, तोरीको साग रु ९०, प्याज हरियो रु १२०, च्याउ (कन्य) रु १५०, च्याउ (डल्ले) रु ३५०, कुरिलो रु ४००, निहुरो रु ८०, ब्रोकाउली रु १५०, चुकुन्दर रु ७०, रातो बन्दा रु १८०, जिरीको साग रु २००, सेलरी रु ३००, पार्सले रु १,२००, सौफको साग रु ३००, पुदीना रु ८००, इमली रु १८०, तामा रु १२०, तोफु रु १४०, गुन्द्रुक रु ३००, स्याउ (झोले) रु २५० र स्याउ (फुजी) प्रतिकेजी रु ३०० मा कारोबार भइरहेको समितिले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad