कारोबार


१५ सय अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नगदमा राख्न प्रतिबन्ध

१५ सय अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नगदमा राख्न प्रतिबन्ध

नेपालखबर
असोज १६, २०८२ बिहिबार १३:२, काठमाडौँ

अर्थ मन्त्रालयले १५ सय अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नगदमा राख्न प्रतिबन्ध लगाएको छ।

अर्थ मन्त्रालयले बुधबार राति आफ्नो सामाजिक सञ्जाल 'एक्स' (ट्विटर) अकाउन्टमार्फत त्यस्तो सूचना जारी गरेको हो। 

विदेश भ्रमणबाट फर्किँदा बचत भएको वा वैध स्रोतबाट प्राप्‍त विदेशी मुद्रा अधिकतम १५ सय डलर वा त्यस बराबरको परिवर्त्य विदेशी मुद्रा मात्र नगदमा राख्न पाइने मन्त्रालयले जनाएको छ।

रामेश्वर खनाल अर्थमन्त्री बनेपछि वित्तीय अनुशासन र अनुत्पादक खर्च कटौतीका नियम कडा पारिएको हो।

यसै क्रममा अर्थ मन्त्रालयले विदेशबाट नेपाल आउने नेपाली वा विदेशी नागरिकले आफूसँग ५ हजार अमेरिकी डलरभन्दा बढी रकम ल्याएका छन् भने भन्सारमा घोषणा गर्न भनेको छ।

५ हजार डलर वा त्यस बराबरको रकम भने भन्सारमा घोषणा नगरी नेपाल भित्र्याउन पाइने सूचनामा उल्लेख छ। 

स्रोत खुलेको रकम नगदमै आफ्नो अनुकूल स्थानमा सुरक्षित राख्‍न र उपयोग गर्न कुनै बाधा व्यवधान नरहेको तर स्रोत नखुलेको रकम सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान हुने अर्थ मन्त्रालयले उल्लेख गरेको छ।

मन्त्रालयका अनुसार प्रचलित कानुनमा भएको व्यवस्थाबाहेक तोकिएको रकमभन्दा बढीको कारोबार बैंकिङ माध्यमबाट गर्नुपर्नेछ।

अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम राख्न यही असोज ५ गते मन्त्रिपरिषद्‌ले गरेको निर्णयअनुसार सेवानिवृत्त भइसकेका पूर्वराजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई प्रचलित कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्ड बमोजिमका सेवा-सुविधा मात्र प्रदान गर्न पत्राचार गरिएको अर्थ मन्त्रालयले जानकारी गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad