गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा भएको भौतिक संरचना पुनर्निर्माणका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंकले १ करोड रुपैयाँ सहयोग गरेको छ।
सरकारले बनाएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा बैंकले १ करोड रुपैयाँ जम्मा गरेको हो।
आन्दोलनको क्रममा भौतिक संरचनाहरुमा आगजनी र तोडफोड भई ठूलो क्षति भएको थियो। त्योसँगै सरकारले भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायतका कार्यमा केही सहयोग पुगोस् भन्ने हेतुले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोष खडा गरिएको थियो।
उक्त सहयोग रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले आइतबार अर्थमन्त्री रामेश्वर खनाललाई अर्थ मन्त्रालयमा पुगेर हस्तान्तरण गरेको बैंकले जनाएको छ।
48
Shares

प्रतिक्रिया