जीवन बीमा कम्पनी प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोनाविरुद्धको लडाइँमा सात लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ।
नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा उक्त रकम उपलब्ध गराएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार भट्टराईले जानकारी दिए।
उक्त रकमको चेक कोषलाई हस्तान्तरण गरिसकेको कम्पनीले जनाएको छ। यसबाट कोरोनाविरुद्धको लडाइँमा थोरै भए पनि योगदान हुने कम्पनीले जनाएको छ।
3
Shares

प्रतिक्रिया