कारोबार


गभर्नरका लागि भाडाको घर खोज्दै राष्ट्र बैंक, यस्ता छन् मापदण्ड

गभर्नरका लागि भाडाको घर खोज्दै राष्ट्र बैंक, यस्ता छन् मापदण्ड

नेपालखबर
असोज १२, २०८२ आइतबार ८:१९, काठमाडौँ

नेपाल राष्ट्र बैंकले गभर्नर डा. विश्वनाथ पौडेलको बसोबासका लागि घर भाडामा लिने भएको छ। त्यस लागि बैंकले आज सूचना प्रकाशित गरि प्रस्ताव आह्वान गरेको हो। 

ललितपुरको बखुण्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रमा कम्तीमा १६ आनादेखि २४ आनासम्म क्षेत्रफलमा निर्माण भएको घर भाडामा लिने तयारी भएको सूचनामा उल्लेख छ। 

त्यस्तो घरमा कम्तीमा ६ वटा कार र जिप पार्किङ गर्न मिल्ने, आरसीसी स्टकचरसहित कम्तीमा १० हजार वर्ग फिट पिलिन्थ क्षेत्रफलमा निर्माण भएको, कम्तीमा एउटा मास्टर बेडरुमसहित ४ वटा बेडरुम, लिभिङ हल, किचन, डायनिङ हल तथा स्टोर रुम हुनुपर्छ। 

त्यसैगरि सुरक्षाकर्मी बस्न छुट्टै भवन, सुरक्षित कम्पाउन्ड वाल भएको, कालोपत्रे सडकसँग जोडिएको तथा विजुली, ढल निकास र खानेपानी लगायतका पूर्वाधारको यथोचित प्रवन्ध भएको अढाईदेखि तीन तलासम्मको घर हुनुपर्ने सूचनामा उल्लेख छ। 

यी मापदण्डसहितको घर भाडामा लिन इच्छुक व्यक्ति, फर्म, कम्पनीहरुले यस विभागबाट उपलव्ध गराइने घरभाडा प्रस्ताव सम्बन्धी कागजात भरि यही असोज २७ गते कार्यालय समयभित्र प्रस्ताव पेस गर्न सक्नेछन्। 

हेर्नुहोस् सूचना 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad