कारोबार


जेनजी आन्दोलनबाट क्षतिग्रस्त संरचना बनाउन ‘पुनर्निर्माण कोष’ स्थापना

सहयोग गर्न सरकारको आह्वान
जेनजी आन्दोलनबाट क्षतिग्रस्त संरचना बनाउन ‘पुनर्निर्माण कोष’ स्थापना

नेपालखबर
असोज ८, २०८२ बुधबार १८:११, काठमाडौँ

सरकारले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आगलागी तथा तोडफोडबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न पुनर्निर्माण कोष स्थापना गरेको छ।

नेपाल सरकार (मन्त्रिपरिषद्) को असोज ५ को निर्णयबाट भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ जारी भएको अर्थ मन्त्रालयले जनाएको छ।

आन्दोलनको क्रममा आगजनी र तोडफोडबाट भएको क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरूत्थान र राहत लगायतका कार्यको लागि ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ स्थापना गरिएको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माणको लागि आवश्यक आर्थिक स्रोतको व्यवस्था गरी पुनर्निर्माण तथा मर्मत, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापना सम्बन्धी कार्यलाई तत्काल व्यवस्थित र प्रभावकारी बनाउन उद्देश्यले कोष खडा गरिएको सह-सचिव एवं प्रवक्ता टंक प्रसाद पाण्डेले जनाएका छन्।

नेपाल सरकार, प्रदेश सरकार एवं स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैर आवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरु, विकास साझेदार तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट अमूल्य योगदान गरी राष्ट्र पुनर्निर्माणको महान अभियानमा सहभागी हुन नेपाल सरकारले सबैमा आह्वान गरेको छ।

यस्तो आर्थिक सहायता रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन/खर्च कट्टी गर्न पाइने छ।

राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखामा रहेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’को खाता नं १९६०१००१०२०७०००४ मा रकम जम्मा गर्न सकिने अर्थ मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad