कारोबार


सिरहाका ६ वटा पालिकाको खाता अझै सञ्चालनमा आएन

सिरहाका ६ वटा पालिकाको खाता अझै सञ्चालनमा आएन

नेपालखबर
असोज ६, २०८२ सोमबार १५:५९, काठमाडौँ

चालु आर्थिक वर्ष सुरु भएको दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि सिरहाका आधा दर्जन (छ वटा) पालिकाले अझै बैंक खाता सञ्चालनमा ल्याउन सकेका छैनन्। आवश्यक कानुनी प्रक्रिया पूरा गर्न नसक्दा ती पालिकाहरूको खाता सञ्चालनमा आउन नसकेका हुन्। 

कोष तथा लेखा नियन्त्रक कार्यालय सिरहाका सूचना अधिकारी तथा कोष नियन्त्रक दीपेशकुमार शर्माका अनुसार, जिल्लाका १७ मध्ये ११ वटा पालिकाको खाता सञ्चालनमा आइसकेको छ भने बाँकी छ वटा पालिकाको खाता हालसम्म पनि सञ्चालनमा आएको छैन। खाता सञ्चालनमा नआएका पालिकाहरूमा धनगढीमाई, सुखीपुर, सिरहा नगरपालिका, साथै भगवानपुर, बिष्णुपुर र बरियारपट्टी गाउँपालिका रहेका छन्।

शर्माका अनुसार, खाता सञ्चालनका लागि पालिकाले चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट नगर वा गाउँसभाबाट पारित गरी कार्यालयमा बुझाउनु आवश्यक हुन्छ। साथै, पालिका प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार नदिएसम्म खाता सञ्चालन गर्न पाइँदैन। सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त स्रोत खर्च गर्दा पनि कानुनी प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ।

बैंक खाता सञ्चालन नहुँदा ती पालिकाहरूमा कर्मचारीको तलब, भत्ता, विकास निर्माणलगायतका आर्थिक गतिविधिहरू प्रभावित भएका छन्। हालसम्म खाता सञ्चालनमा आइसकेका ११ पालिकामा सखुवानन्कारकट्टी, नवराजपुर, लक्ष्मीपुर पतारी, अर्नमा, औरही, नरहा गाउँपालिका र लहान, गोलबजार, कल्याणपुर, कर्जन्हा, मिर्चैया नगरपालिका रहेका छन्। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad