जेनजी प्रदर्शनबाट २० वटा शाखामा क्षति पुगे पनि भाटभटेनी सुपरस्टोरले कर्मचारीलाई भने यथावत् नै राख्ने भएको छ।
दशैँको छेकोमा कर्मचारीलाई भदौ महिनाको तलबसँगै बोनस सुविधा दिने भएको हो।
भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भाटभटेनीका ११ वटा शाखा जलेर ध्वस्त भएका थिए भने ९ वटामा तोडफोड तथा लुटपाट भएको थियो।
भाटभटनीको देशभर २७ वटा शाखा छन् भने ८ हजार भन्दा धेरै कर्मचारी कार्यरत रहेका छन्।
21
Shares

प्रतिक्रिया