नेपाल बैंकको अध्यक्षमा नियुक्त भएका प्राडा. डिल्लीराज शर्माले बिहीबार कार्यभार सम्हालेका छन्।
भदौ २० गते अध्यक्षमा नियुक्ति पाएका उनले बिहीबार शपथ ग्रहण गरेसँगै कार्यभार सम्हालेका हुन्।
उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले अध्यक्षमा शपथग्रहण गराएका छन्।
यसअघि बैंकको अध्यक्षमा थानेश्वर गौतम थिए। उनी फागुन १२ गते नेपाल बैंकको अध्यक्षमा नियुक्त भएका थिए। तर गत भदौ १९ गते नै उनले अध्यक्ष र स्वतन्त्र सञ्चालक पदबाट राजीनामा दिएका थिए।
264
Shares

प्रतिक्रिया