कारोबार


रसुवामा बाढीले बगाएको नेपाल–चीन मितेरी पुल दसैँअगावै बनिसक्ने

रसुवामा बाढीले बगाएको नेपाल–चीन मितेरी पुल दसैँअगावै बनिसक्ने

रासस
भदौ ३१, २०८२ मंगलबार १४:४९, रसुवा

नेपाल–चीन सीमा क्षेत्रस्थित ल्हेन्दे खोलामाथि निर्माणाधीन ‘बेलिब्रिज’ यही दसैँअघि सम्पन्न हुने भएको छ ।
 
रसुवागढीस्थित सीमा सुरक्षाकर्मीका अनुसार नेपाल र चीनलाई जोड्ने सो बेलिब्रिज निर्माणलाई चिनियाँ पक्षले प्राथमिकता दिई छिटोछरितो ढङ्गबाट काम गरिरहेकाले यही दसैँअघि नै पुल तयार हुने भएको छ । 
 
आफ्नो तर्फको भागमा पुल निर्माणसम्बन्धी काम पूरा गरिसकेको चिनियाँ पक्षले नेपालतर्पmको भागमा समेत पिलर राख्ने भुइँ सहतको ढलान गर्ने काम आज सम्पन्न गरेसँगै अब छिट्टै पुल बन्ने भएको हो। उसले केही दिनअघि मात्र ल्हेन्दे खोलामा हिमपाइप राखेर आवतजावतमा सहज बनाई जग खन्ने उपकरण नेपालतर्फ ल्याएको थियो।

दिनहुँजसो हुने गरेको झरी–वर्षाका कारण ल्हेन्दे खोलामा पानीको बहाव बढी बिच्छ्याइएका हिमपाइपभन्दा माथिबाट पानी बग्न थालेपछि निर्माण सामग्री ढुवानीमा अवरोध सिर्जना भई काममा बाधा पुगेको फिल्ड सुपरभाइजरले स्पष्ट गरेको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले दूरीका हिसाबले सङ्घीय राजधानीबाट सबैभन्दा नजिकको रसुवागढीस्थित मितेरी पुल निर्माण वर्षाका कारण प्रभावित भए पनि चिनियाँ पक्षको काम गराइको रफ्तारलाई हेर्दा दसैँअघि नै पुल निर्माण भई चीनतर्फको आवतजावत सहज हुने अपेक्षा गरिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad