कारोबार


अर्थ मन्त्रालयका १६ चारपांग्रे र ५४ दुईपांग्रे जले, कहाँ कति क्षति?

अर्थ मन्त्रालयका १६ चारपांग्रे र ५४ दुईपांग्रे जले, कहाँ कति क्षति?

फाइल तस्बिर


नेपालखबर
भदौ ३१, २०८२ मंगलबार १४:८, काठमाडौँ

यही भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा सिंहदरबारस्थित अर्थ मन्त्रालयका दर्जनौँ सवारीसाधन जलेर नष्ट भएका छन्। 

अर्थ मन्त्रालयका अनुसार १६ वटा चारपांग्रे, ३६ वटा मोटरसाइकल र १८ वटा स्कुटर पूर्ण रुपमा क्षति भएको हो। 

मन्त्रालयले सवारीसाधन क्षति भएका कार्यालयहरुका लागि अत्यावश्यक सवारीसाधन अन्तर्कायालयहरुसँग समन्वय गरी आन्तरिक रुपमै व्यवस्थापन गर्ने प्रबन्ध सम्बन्धित विभागका महानिर्देशकबाट मिलाइने मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए। 

उनका अनुसार प्रदर्शनका क्रममा आन्तरिक राजस्व विभागमातहतका दमक, इटहरी, विराटनगर, लहान, जनकपुर, सिमरा, हेटौँडा, वीरगन्ज, बुटवल, भैरहवा, नेपालगन्ज, दाङ, धनगढी, डडेल्धुरा र पोखराका आन्तरिक राजस्व कार्यालयहरु पूर्णरुपमा क्षतिग्रस्त छन्। 

साथै कृष्णनगर र धुलिखेलस्थित आन्तरिक राजस्व कार्यालयहरु एवं इलाम र सिन्धुली जिल्लाको करदाता सेवा कार्यालयहरुमा आंशिक क्षति पुगेको मन्त्रालयले जनाएको छ। 

भन्सार विभागमातहतका मेची, भद्रपुर, कैलाली र जनकपुर भन्सार कार्यालयहरु पूर्ण रुपमा क्षति भएका र विराटनगर, नेपालगन्ज, भैरहवा र ठाडी भन्सार कार्यालयहरु आंशिक रुपमा क्षति पुगेको छ। महालेखा नियन्त्रक कार्यालय मातहतका काठमाडौं उपत्यकाका तीन र उपत्यकाबाहिरका चार गरी जम्मा ७ वटा कोष तथा नियन्त्रक कार्यालयको भौतिक संरचनामा क्षति पुगेको छ। 

मातहतका विभाग तथा कार्यालयहरुबाट हुने सेवा प्रवाह सहजीकरणका लागि आवश्यक निर्णय गर्न विभागहरुलाई निर्देशन दिएको साथै सेवा सहजीकरणका लागि अन्य आवश्यक प्रक्रियागत विषय एवं सञ्चालनमा रहेका सूचना प्रविधि प्रणालीहरु सुरक्षित बनाउने व्यवस्था सम्बन्धित विभागबाट मिलाइने अर्थ मन्त्रालयले जनाएको छ। 

त्यस्तै अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, आन्तरिक राजस्व विभाग, भन्सार विभागलगायतका केन्द्रयि निकायहरुको प्रमुख भौतिक संरचना, बजेट, भुक्तानी र राजस्व व्यवस्थापनसँग सम्बन्धित सूचना प्रविधि प्रणालीहरु सुरक्षित रहेको पनि मन्त्रालयको भनाइ छ। 

मन्त्रालयले भदौ २३ देखि बन्द महालेखा नियन्त्रक कार्यालयबाट रोक्का रहेको भुक्तानी प्रणाली २९ गतेदेखि सुचारु गरिएको, भन्सार कार्यालयहरुबाट २६ गतेदेखि नै सेवाप्रवाह सुचारु रहेको र आन्तरिक राजस्व विभाग मातहतको अनलाइन सेवा निरन्तर सुचारु रहेको उल्लेख गरिएको छ। अर्थ मन्त्रालय तथा मातहतको अधिकांश कार्यालयहरुबाट प्रवाह हुने भौतिक सेवालाई २९ गतेदेखि नै सुचारु गरिएको मन्त्रालयले उल्लेख गरेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad