बडादसैँ, तिहार र छठ पर्वका अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि सहुलियत पसल सुरु गरेको छ।
लिमिटेडले आजदेखि सुरु गरेको सहुलियत पसलमा प्रतिकेजी रु पाँच, सात र १० छुट दिइएको सूचना अधिकारी माधव मिश्रले जानकारी दिए।
दाल, चामल, चिनी, गहुँका सामग्रीमा प्रतिकेजी ५ रुपैयाँ छुट गरिएको छ। यसैगरी तेल, चिउरा, आँटा, पीठो, मैदालगायत सामग्रीमा प्रतिलिटर र प्रतिकेजी ७ छुट दिइएको छ।
चियापत्ती, जिरा, धनियाँ, रैथाने खाद्य वस्तुलगायत सामग्रीमा प्रतिकेजी १० रुपैयाँ छुट गरिएको सूचना अधिकारी मिश्रले जानकारी दिए। सहुलियत पसल छठसम्म सञ्चालन हुने जनाइएको छ।
135
Shares

प्रतिक्रिया