कारोबार


ध्वस्त सार्वजनिक संरचना आफैँले बनाउने भौतिकमन्त्री घिसिङको निर्णय, विशेष कोषबाट रकम संकलन गरिने

ध्वस्त सार्वजनिक संरचना आफैँले बनाउने भौतिकमन्त्री घिसिङको निर्णय, विशेष कोषबाट रकम संकलन गरिने

नेपालखबर
भदौ ३०, २०८२ सोमबार १५:१६, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका क्रममा आगलागीले ध्वस्त सार्वजनिक पुनर्संरचना पुनर्निर्माण जनता आफैँले बनाउने बताएका छन्। 

संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतलगायतका संरचनामा आगलागीले ध्वस्त भएका छन्। 

यी संरचना बनाउन उनले हाम्रो सार्वजनिक संरचना हामी आफैँ बनाउँछौँ अभियान चलाउने बताएका हुन्। 

मन्त्री घिसिङले भने, ‘ यसको लागि विशेष कोष खडा गरिनेछ। अर्थको सहमतिमा क्याबिनेटबाट विशेष कोष खडा गरिने, विदेशका सबै नेपालीले अपनत्व लिने अपेक्षा छ। बनाउने नि हामी नै हौँ। जति सक्नुहुन्छ, गर्नुहोला। सदुपयोग हुने विश्वास दिलाउँछु।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad