नयाँ मन्त्री आए पनि बदमास कर्मचारी मन्त्रालयमै रहेको भन्दै अर्थमन्त्री रामेश्वर खनालसँग पर्वतका एक जनाले मन्त्रालयमा बसेको पहिलो बैठकमै आक्रोश पोखेका छन्।
अर्थमन्त्री परिवर्तन भए पनि अर्थसचिव पुरानै हो भन्दै पर्वतका शालिग्राम पौडेलले बजेटमा असन्तुष्टि जनाएका हुन्।
आफूनिकटमा मात्रै बजेट लैजाने काम अबदेखि बन्द गर्न उनले अर्थमन्त्री खनाललाई आग्रह गरे।
उनी आक्रोशित भएपछि नवनियुक्त मन्त्रीले आफूले टुक्रे आयोजनामा बजेट कटौती गर्ने निर्णय सुनाएका थिए। पौडेलले जंगिँदै ७७ जिल्ला भए पनि सातवटा जिल्लामा मात्रै बजेट केन्द्रित भएको उल्लेख गरे।
‘यस्ता बदमासहरु बसेका छन्, अब बजेट सबै जिल्लामा पुग्नुपर्छ’, उनले अर्थमन्त्रीसँग बसेका अन्य कर्मचारीहरुसमेतलाई लक्षित गर्दै भने।
1.8k
Shares

प्रतिक्रिया