कारोबार


भौतिक पुनर्निर्माणमा इन्जिनियर्स एसोसियसनले निःशुल्क प्राविधिक सहयोग गर्ने

भौतिक पुनर्निर्माणमा इन्जिनियर्स एसोसियसनले निःशुल्क प्राविधिक सहयोग गर्ने

नेपालखबर
भदौ ३०, २०८२ सोमबार ९:१९, काठमाडौँ

देशभरका इञ्जिनियरहरुको छाता संस्था नेपाल इञ्जिनियर्स एसोसियसनले क्षतिग्रस्त भौतिक संरचनाको क्षतिको मूल्यांकन र पुनर्निर्माणका लागि निःशुल्क प्राविधिक सहयोग गर्ने भएको छ।

एसोसियसनका महासचिव विनोदप्रकाश पण्डितले आइतबार एक विज्ञप्ती जारी गरी जेनजी आन्दोलनका क्रममा देशभर भत्केका भौतिक संरचनाको मूल्यांकन र पुनर्निर्माण गर्न निःशुल्क प्राविधिक सहयोग गरिने जानकारी दिए।

'विसं १९९० र २०७२ मा गएको भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनालाई नेपाली प्राविधिक जनशक्तिको परिश्रम, मेहनत, विज्ञता र दक्षताबाट पुनर्निर्माण गर्न ठूलो योगदान रहेको र आगामी दिनमा यसलाई निरन्तरता दिन चाहेको छ,' विज्ञप्तिमा उल्लेख छ।

एसोसियसनले विद्यमान जटिल र कठिन परिस्थितिमा सर्वोच्च अदालत,  काठमाडौँ जिल्ला अदालत र नेपाल बार एशोसिएशनको भवनको आज प्रारम्भिक निरीक्षण गरी मूल्यांकन सुरु गरेको एसोसियसनका अध्यक्ष सुवासचन्द्र बरालले जानकारी दिए।

उक्त अभियानमा क्षतिग्रस्त भौतिक संरचनाको तत्काल अवलोकन, जोखिम मूल्यांकन, प्रयोग योग्यता जाँच वैकल्पिक व्यवस्थापन तथा पुनर्निर्माणको सम्भाव्यता अध्ययन एवं मूल्यांकन हुने अध्यक्ष बरालले बताए।

उनले उक्त अभियानमा जोडिन सम्पूर्ण इञ्जिनियरलाई आग्रहसमेत गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad