कारोबार


अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य बढ्यो, अन्य मुद्रा के भए?

अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य बढ्यो, अन्य मुद्रा के भए?

नेपालखबर
भदौ ३०, २०८२ सोमबार ५:१८, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। 

अमेरिकी डलर र बहराइन दिनारको विनिमयदर आज पनि स्थिर छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहितका मुद्राको मूल्य भने आज बढेको छ। 

आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो। 

यही भदौ २७ गते अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ २२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा थियो। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक महँगो हो। 

त्यसैगरि आज युरो एकको खरिददर १६५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०९ पैसा छ। हिजो युरो एकको खरिददर १६५ रुपैयाँ ३० पैसा र बिक्रीदर १६६ रुपैयाँ थियो। 

त्यस्तै आज पाउन्ड एकको खरिददर १९१ रुपैयाँ १० पैसा र बिक्रीदर १९१ रुपैयाँ ९१ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १९१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८६ पैसा थियो। 

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९४ रुपैयाँ १३ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०७ पैसा थियो। 

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४६२ रुपैयाँ २८ र बिक्रीदर ४६४ रुपैयाँ २५ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ५४ र बिक्रीदर ४६३ रुपैयाँ ५१ पैसा थियो। 

आज बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४४ पैसा छ। बहराइन दिनारको विनिमयदर हिजो पनि यही थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेका सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad