आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। सुनको मूल्य आज तोलामा सातसय रुपैयाँ घटेको हो।
सुनको मूल्य आज तोलाको दुईलाख १५ हजार एकसय रुपैयाँ कायम भएको छ।
हिजो सुनको मूल्य तोलाको दुईलाख १५ हजार आठसय रुपैयाँ पुगेको थियो। यो नेपाली बजारमा हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।
गएको तीजको अघिल्लो दिन (भदौ नौ गते) सुनको मूल्य तोलाको एक लाख ९७ हजार दुईसय रुपैयाँ थियो।
त्यसयताका १८ दिनमा सुनको मूल्य १८ हजार ६ सय रुपैयाँ बढेको थियो।
आज चाँदीको मूल्य पनि हालसम्मकै महँगो भएको छ। चाँदीको मूल्य आज तोलाको दुई हजार पाँचसय ७० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
1.9k
Shares

प्रतिक्रिया