कारोबार


एनसेलको लोकल भ्वाइस कल, इन्टरनेट र एसएमएस सेवा शुक्रबारसम्म निःशुल्क

एनसेलको लोकल भ्वाइस कल, इन्टरनेट र एसएमएस सेवा शुक्रबारसम्म निःशुल्क

फाइल तस्बिर


नेपालखबर
भदौ २६, २०८२ बिहिबार १२:४, काठमाडौँ

दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलले मंगलबारबाट सुरु गरेको निःशुल्क लोकल भ्वाइस, एसएमएस र इन्टरनेट सेवालाई भोलि (शुक्रबार)सम्मको लागि थप गरेको छ। 

एनसेलले हालको विषम परिस्थितिमा आम उपभोक्तालाई देश, विदेशमा रहेका आफन्तजनसँग सम्पर्क कायम राख्न सहजता प्रदान गर्ने उद्देश्यले निशुल्क सेवा अवधि थप गरिएको जनाएको हो।

एनसेलको यो सुविधा अन्तर्गत ग्राहकहरुले अब एनसेल र एनटीसी दुर्व नेटवर्कमा बिना कुनै शुल्क लोकल भ्वाइस कल, इन्टरनेट र एसएमएस सेवा पाउने छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad