राजनीति


माफी माग्दै गगन थापाले भने: सायद त्यो मात्रै रोक्न सकेको भए यस्तो ठूलो घटना घट्दैन थियो होला

माफी माग्दै गगन थापाले भने: सायद त्यो मात्रै रोक्न सकेको भए यस्तो ठूलो घटना घट्दैन थियो होला

नेपालखबर
भदौ २६, २०८२ बिहिबार १२:२३, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय रोक्न नसकेकामा पश्चाताप गर्दै त्यो मात्रै रोक्न सकेको भए सम्भवत: आज यति ठूलो घटना नहुने बताएका छन्।

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्न लागेको दिन आफू पार्टीका सभापति शेरबहादुर देउवाकहाँ पुगेर त्यसो नगर्न अनुरोध गरेको तर सफल हुन नसकेको सांसद थापाले बताएका छन्।

बिहीबार भिडिओ सन्देश जारी गर्दै उनले भनेका छन्, ‘पहिला त म भाद्र २३ गते जुन १९ जना युथहरूको हत्या भयो। म त्यसको लागि म प्रत्यक्ष रूपमा इन्भल्भ छैन, तर पनि म माफी माग्छु। त्यो अपराध थियो। यो भनिरहँदै गर्दा मलाई चिच्याउन मन लाग्छ। किनकि जुन दिन सोसल मिडिया ब्यान्ड गर्ने निर्णय गरियो, म त्यो दिन दौडेर मेरो सभापतिकहाँ गएको थिएँ। र, त्यो दिन बिहान भनेको थिएँ- युथहरू हामीसँग एकदमै नराम्ररी रिसाएको छ, जेन्युन कारण छ, यति धेरै आगो बलेको छ, आगोमा घाउ थप्ने काम नगर्नुस्, गर्दै नगर्नुस्। बैठकमा बोलेँ भएन, बाहिर आएर लेखेँ, प्रेसमा दिएँ। हामी सबै मिलेर दबाब सिर्जना गर्‍यौँ भएन। सायद त्यो मात्रै रोक्न सकेको भए यस्तो ठूलो घटना घट्दैन थियो होला। अहिले सोच्दै गर्दा जसरी पनि रोक्न सक्नुपर्थ्यो भन्ने लाग्छ। त्यो नगर, नगर भनियो, आखिर भयो।’

गगनको भिडिओ सन्देश:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad