राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो टोली चढेको गाडी तोडफोड भएको जनाएको छ।
सोही कारण दिउँसो अनुगमनका लागि गएको टोली कार्यालय फर्किन नसकेको आयोगका प्रवक्ता एवं सहसचिव डा. टीकाराम पोखरेलले जानकारी दिए।
‘दुईवटा टोली पठाएर सोमबारको घटनाक्रम अनुगमन गर्दै थियौँ’, बिहानको टोली अनुगमन सकेर फर्किए पनि दिउँसोको टोली चढेको गाडी तोडफोड भयो, कार्यालय फर्किन सकेको छैन।’
दिउँसो आयोगबाट उपसचिव मन्जु खतिवडाको नेतृत्वमा जेनजी प्रदर्शनको अनुगमनमा टोली खटिएको उनले जानकारी दिए।
टोली सिभिल अस्पताल जान लाग्दा प्रदर्शनकारीले गाडी तोडफोड र आगजनी गरेका हुन्।
पोखरेलका अनुसार टोली फर्किएपछि आयोगले विज्ञप्ति निकाल्ने तयारी गरेको छ।
390
Shares

प्रतिक्रिया