कारोबार


टेलिकमले बन्द गर्‍यो दर्ताबिनाका सामाजिक सञ्जाल

टेलिकमले बन्द गर्‍यो दर्ताबिनाका सामाजिक सञ्जाल

नेपालखबर
भदौ १९, २०८२ बिहिबार २१:५०, काठमाडौँ

नेपाल टेलिकमले दर्ता नभएका सामाजिक सञ्जाल निस्क्रिय गरिएको जनाएको छ। 

बिहीबार साँझ सूचना प्रकाशित गरी टेलिकमले सर्वोच्च अदालतको आदेश र सरकारको निर्देशन बमोजिम यस्ता सामाजिक सञ्जाल हाललाई बन्द गरिएको स्पष्ट पारेको हो। 

यस्तो छ टेलिकमको सूचना
नेपाल दूरसञ्चार प्राधिकरणको मिति २०८२/०५/१९, चनं ५९७ को पत्रबाट श्री सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषद्‌को निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन यस कम्पनीलाई लेखी आएकोले सोही निर्देशन बमोजिम त्यस्ता सामाजिक प्लेटफर्महरू हालका लागि बन्द गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ। उक्त प्लेटफर्महरू पुनः सञ्चालन सम्बन्धमा आगामी दिनमा प्राधिकरणबाट प्राप्त हुने निर्देशन बमोजिम गरिने व्यहोरासमेत जानकारी गराउन चाहन्छौं।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad