कारोबार


लगानीकर्ताको चर्को विरोधपछि नेप्से सूचकांक गणनाबारे अध्ययन गर्न सेबोनले गठन बनायो समिति

लगानीकर्ताको चर्को विरोधपछि नेप्से सूचकांक गणनाबारे अध्ययन गर्न सेबोनले गठन बनायो समिति

नेपालखबर
भदौ १७, २०८२ मंगलबार १६:५८, काठमाडौँ

नेप्से सूचकांक गणनाका कारण बजार घटेको भन्दै लगानीकर्ताले विरोध गर्न थालेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अध्ययन समिति गठन गरेको छ। 

बोर्डले उपकार्यकारी निर्देशक दिपेश ताम्राकारको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो।

नेप्सेले कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन) २०८१ अनुसार चैतबाट नेप्से सूचकांक गणनामा नयाँ व्यवस्था ल्याएको थियो। यसअनुसार काराबोर बन्द हुने समयभन्दा १५ मिनेटअगाडिको समयअनुसार सो दिनको सूचक निर्धारण हुने व्यवस्था थियो। 

सो व्यवस्था कार्यान्वयनमा आएसँगै रियल टाइम सूचकमा समस्या आएसँगै लगानीकर्ताले सो व्यवस्थाको विरोध गर्दै आएका थिए। 

सूचक गणना यथार्थ नभएको र त्यसले समग्र बजारलाई नै नकारात्मक असर पुर्याएको भन्दै उक्त व्यवस्थाको विरोध गर्दै आएका थिए।

निरन्तर कारोबार बन्द भएपछिको भारित औसत मूल्य गणनामा फेरबदल हुँदै आएको थियो। कारोबार बन्दपछि पनि सूचकमा फेरबदल भएपछि नेप्सेले प्रस्टीकरण दिएको थियो। 

नेप्सेले स्वचालित कारोबार प्रणालीले पहिलो चरणमा २ः४५ देखि ३ बजेसम्म प्रत्येक कम्पनीको प्रत्येक कारोबार मूल्य र कारोबार सेयर संख्याका आधारमा भारित औसत मूल्य अर्थात् अन्तिम मूल्य गणना गर्ने र स्वचालित कारोबार प्रणालीले दोस्रो चरणमा त्यसरी प्राप्त भारित औसत मूल्यका आधारमा बजार परिसूचक गणना गर्ने प्रस्टीकरण दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad