कारोबार


बीआरआई, सीमा अवरोध र एआईमा सहयोगबारे चिनियाँ राष्ट्रपतिले नेपाललाई दिएको प्रस्ट खाका

बीआरआई, सीमा अवरोध र एआईमा सहयोगबारे चिनियाँ राष्ट्रपतिले नेपाललाई दिएको प्रस्ट खाका

नेपालखबर
भदौ १४, २०८२ शनिबार २२:३२, काठमाडौँ

सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन चीन गएका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता गरेका छन्। 

एससीओको शिखर सम्मेलन हुने चिनियाँ सहर तियान्जिनमा शनिबार भएको भेटवार्तामा ओलीले लिपुलेक लगायतका भूभाग नेपालको भएको प्रष्ट पार्नुका साथै सीसँग सहयोगको पनि अपेक्षा गरेका थिए। 

त्यो सहयोग विशेष गरी आर्थिक क्षेत्रमा थियो। भेटवार्तामा सहभागी प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार युवराज खतिवडाका अनुसार बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)लाई छिटो कार्यान्वयनमा लैजान नेपालले आग्रह गरेको थियो। 

त्यस्तै प्राकृतिक विपद लगायतले नेपाल-चीन सीमामा अवरोध आएकाले त्यसलाई खुलाउन पनि प्रधानमन्त्री ओलीले चीनको सहयोग मागेका थिए। 

खतिवडाका अनुसार जवाफमा चिनियाँ राष्ट्रपतिले मुख्यगगरी तीन/चार वटा विषय प्रष्टरुपमा राखेका थिए। 

चिनियाँ राष्ट्रपतिले राखेका तीन विषय
एक
, हामी नेपाललाई भूपरिवेष्ठितबाट ल्यान्ड लिङ्क्ड अर्थात् जमिनको माध्यमबाट ठूला बजारमा आबद्ध हुने देशको रुपमा विकास भएको हेर्न चाहान्छौँ। 

दुई, उनले व्यापारिक नाकाहरू खोलेर सुचारु गराउने कुरामा थप प्रतिबद्धता गरेका छन्। अहिलेको अवरोध हटाउन चीन तयार नै छ भन्ने कुरा द्विपक्षीय भेटवार्तामा राखेका छन्। 

तीन, चीनमा नेपालको तर्फबाट अलि ठूलो मात्रामा निर्यात बढाउनका लागि गुणस्तरीय कृषियोग्य वस्तुको कुरा चिनियाँ राष्ट्रपतिले गरेका छन्। नेपालमा औधोगिक विकास गर्नको लागि चीनको सहयोग रहने उनले स्पष्ट पारेका छन्।

खासगरी अहिलेको एआई प्रविधि र सूचना प्रविधिमा चीनले सहयोग गर्छ भन्ने विश्वास दिलाएका छन्। र, आबद्धताका धेरै विषयमा चीनको सहयोग रहने आफ्नो भनाइ राखेका छन्। 

साथै, सी चिनफिङले नेपाल र चीनबीचको आर्थिक सम्बन्धलाई संस्थागत गर्न संयन्त्र नै बनाएर जानुपर्ने मत राखेका थिए। ‘नेपाल र चीनबीचको आर्थिक सम्बन्धलाई संस्थागतरुपमा अगाडि बढाउनलाई संयन्त्र बनाएर अघि बढ्नुपर्ने भन्नुभएको छ,’ खतिवडाले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad