कारोबार


अर्थमन्त्री पौडेल र चिनियाँ भन्सार उपमन्त्री वाङबीच रसुवामा क्षतिग्रस्त पुल र सडक निर्माणबारे छलफल

अर्थमन्त्री पौडेल र चिनियाँ भन्सार उपमन्त्री वाङबीच रसुवामा क्षतिग्रस्त पुल र सडक निर्माणबारे छलफल

नेपालखबर
भदौ १२, २०८२ बिहिबार १२:३७, काठमाडौँ

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबीच शिष्टाचार भेटघाट भएको छ।

सो भेटघाटमा नेपाल र चीनबीचका भन्सार नाकाहरु व्यवस्थापन गर्नेबारे छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। 

त्यसैगरी बाढीले क्षति पुर्‍याएको रसुवा नाकाको पुल र सडकको पुनर्निर्माण, विगतमा भएका सहमति अनुसारका सडक पूर्वाधारहरुको स्तरोन्नति गर्नेबारे पनि छलफल भएको छ।

नेपाल र चीनबीचको व्यापार, विगतमा भएका सहमतिहरूको कार्यान्वयनलगायतका विषयमा छलफल भएको सचिवालयले उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad