रामशरण पुडासैनीले कृषि विकास बैंकको अध्यक्षबाट राजीनामा दिएपछि डिम प्रसाद पौडेललाई नियुक्त गरिएको छ।
नेपाल सरकारले भदौ ८ गते पुडासैनीको राजीनमा स्वीकृत गरेर ९ गते नै पौडेललाई अध्यक्षमा नियुक्त गरेको हो।
उनलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ (२) र कृषि विकास बैंक लिमिटेड नियमावलीको नियम १२(२) अनुसार बैंकको सञ्चालक समितिको सदस्यमा नियुक्त गरिएको थियो।
त्यसपछि उनैलाई सञ्चालक समिति अध्यक्षको रुपमा नियुक्ती दिइएको हो।
474
Shares

प्रतिक्रिया