आज सुनचाँदीकै मूल्य बढेको छ। हिजो प्रतितोला तीनसय रुपैयाँ घटेको सुनको मूल्य आज तोलामा एक हजार पाँचसय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक लाख ९८ हजार सातसय रुपैयाँमा किनबेच भइरहेको छ। हिजो सुन तोलाको एक लाख ९७ हजार दुईसय रुपैयाँ थियो।
गएको आइतबार सुन तोलामा दुई हजार तीनसय रुपैयाँ बढेको थियो।
गएको साउन २३ गते सुनको मूल्य एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेको थियो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेर दुई हजार तीनसय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
576
Shares

प्रतिक्रिया