कारोबार


नेपालमा ‘आइकार भी-२३’ को पहिलो झलक प्रस्तुत, के छन् विशेषता?

नेपालमा ‘आइकार भी-२३’ को पहिलो झलक प्रस्तुत, के छन् विशेषता?

नेपालखबर
भदौ ९, २०८२ सोमबार २०:२९, काठमाडौँ

नेपालमा ओमोडा एन्ड जेइकोको गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले बहुप्रतिक्षित ‘आइकार भी-२३’ को पहिलो झलक प्रस्तुत गरेको छ।

भदौ ९ गते गैह्रीधारास्थित, सिल्भर ओकमा आयोजित ‘प्रिभ्यु कार्यक्रम’मा कम्पनीले ‘आइकार भी-२३’ प्रस्तुत गरेको हो।

कम्पनीका अनुसार ‘आइकार भी-२३’ ले रगेड एस्थेटिक्स र अत्याधुनिक प्रविधिको संयोजनमार्फत आफ्नो श्रेणीमा नयाँ ‘बेन्चमार्क’ स्थापित गरेको छ।

साइबर-टेक डिजाइन सहितको यो रेट्रो-क्लासिक एसयूभी टफ (मजबुत) मात्र नभई अत्यन्त सुक्ष्म इन्जिनियरिङमा आधारित छ। यसमा १०० किलोवाटको सिङ्गल मोटर सेटअप रहेको छ जसले १८० न्युटनमिटरको टर्क प्रदान गर्छ, साथै ५९.९३ किलोवाटआवरको ब्याट्री प्याकसहित उपलब्ध छ। यस एसयुभीको लम्बाइ ४,२२० मिलिमिटर, चौडाइ १,९१५ एमएम, उचाइ १,८४५ मिलिमिटर र ह्विलबेस २,७३५ मिलिमिटर रहेको छ, जसले सन्तुलित उपस्थिति (स्टेन्स) र स्पेसियस प्रपोसन्नस (बनावट) सुनिश्चित गर्दछ।

नेपालसहित विश्वभर रगेड देखिने विद्युतीय सवारीसाधनप्रति बढ्दो उपभोक्ता चासोलाई प्रतिबिम्बित गर्दै, भी२३, छ वटा विभिन्न रंग विकल्पमा उपलब्ध हुनेछ। यसको क्याबिनले आराम र व्यावहारिकतालाई प्राथमिकता दिएको छ, अगाडिको प्रशस्त स्पेसले दुवै ढोकाबाट सजिलै भित्र आउने र निस्कने गर्न मद्दत गर्छ भने पछाडिको रियर सिटिङ अझ फराकिलो छ।

यस एसयूभीको भित्र विशेष रूपमा डिजाइन गरिएका ‘मेकानिकल नबहरू (डायलहरू)’ रहेको छ, जसले ट्याक्टाइल (स्पर्शजन्य) विशेषताहरूलाई र आधुनिक स्टाइलिङमा प्रस्तुत गर्दछ। यो एसयूभीको ७० प्रतिशतभन्दा बढी भाग, हाइ-स्ट्रेन्थ-स्टिलको प्रयोग गरी हाइ-रिजिडिटी बडीमा निर्मित रहेको छ।

भी२३ ले ‘इन्टरप्राइज-ग्रेड ब्याट्री सेफ्टि’ मापदण्ड पालना गरेको छ, जसले आइकारको टिकाउपन र सुरक्षाप्रतिको प्रतिबद्धतालाई झल्काउँछ।

कार्यक्रममा सहभागीहरूले गाडीको ‘इन्टेलिजेन्ट टेक’ विशेषताहरूको प्रत्यक्ष अनुभव गरेका थिए भने ड्राइभिङ अनुभव पनि लिने मौका पाएका थिए। ओमोडा एन्ड जेइकोको समेत आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले नेपाली ग्राहकहरूका लागि विद्युतीय सवारी अनुभवलाई नयाँ स्तरमा पुर्‍याउने लक्ष्य राखेको छ।

आइकार एक नयाँ पुस्ताको विद्युतीय सवारीसाधन ब्रान्ड हो जसको ग्लोबल सार्वजनिकिकरण अगस्ट २०२५ मा भएको हो। यसको पहिलो मोडल भी२३ नेपालमा समेत छिट्टै सार्वजनिक हुँदैछ, जसले रगेड एडभेन्चर-रेडि क्षमता र स्मार्ट प्रविधिलाई एकैसाथ जोड्दै एसयुभि श्रेणीमा नयाँ परिभाषा दिन्छ।

ओमोडा एन्ड जेइको र आइकार दुवै चिनियाँ अटोमोबाइल निर्माता ‘चेरि ग्रुप’को हिस्सा हो, जसले विगत दुई दशकदेखि चीनको सबैभन्दा ठूलो अटोमोबाइल निर्यातकर्ताको स्थान कायम राख्दै आएको छ। चेरिले विश्वका ८० भन्दा बढी मुलुक र क्षेत्रहरूमा निर्यात गर्दै विश्वभर १ करोड ३० लाख भन्दा बढी सवारीसाधन वितरण गरी बलियो अन्तर्राष्ट्रिय उपस्थिति बनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad