कारोबार


एक महिनामा आयात भए ४१ करोडका डेढ सय बढी विद्युतीय कार, जिप र भ्यान

एक महिनामा आयात भए ४१ करोडका डेढ सय बढी विद्युतीय कार, जिप र भ्यान

नेपालखबर
भदौ ८, २०८२ आइतबार १६:५५, काठमाडौँ

चालू आर्थिक वर्षको पहिलो महिनामा ४१ करोड ३८ लाखका विद्युतीय कार, जिप र भ्यान नेपाल भित्रिएका छन्। 

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार कुल १६० वटा विद्युतीय कार, जिप र भ्यान नेपालमा आयात गरिएको हो। 

यसअनुसार ५० किलोवाटसम्मका २ करोड ९९ लाख ७२ हजारको २१ वटा ईभी कार, जिप र भ्यान आयात भएका छन्।

त्यसैगरी ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका २६ करोड ८२ लाख ४० हजारको १०७ वटा, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ११ करोड ५७ लाख ७८ हजारको ३१ वटा र २०१ किलोवाटदेखि माथिको ४८ लाख ४९ हजारको एउटा आयात भएको छ।  

यसबाहेक, विद्युतीय तीनपांग्रे ५ करोड ९ लाख ८९ हजारको ४८८ वटा र अनएसेम्बल विद्युतीय तीनपांग्रे ८ करोड ५९ लाख १६ हजारको ९१० वटा आयात भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad