कारोबार


सिप्रदीयन सहायता संस्थाले नेपाल प्रहरीलाई दियो ५ सय थान पीपीई

सिप्रदीयन सहायता संस्थाले नेपाल प्रहरीलाई दियो ५ सय थान पीपीई

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार ११:५२,

सिप्रदीयन सहायता संस्थाले ५ सय थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमवीच उक्त सामग्री हस्तान्तरण गरिएको हो।

सो अवसरमा सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई उक्त पिपिई हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा उक्त प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले विपदको समयमा आम नागरिकको सहयोगको लागि उक्त प्रालि सदैव क्रियाशील रहेको बताए। आगामी दिनमा नेपाल प्रहरीसँग सहकार्य गर्दै आगाडि बढ्न सो प्रालि सदैव तत्पर रहेको उनले उल्लेख गरे।

Image may contain: 1 person, tree, sky, table, plant, crowd and outdoor

नेपालमा कोरोना भाइरस संक्रमितहरु फेला परिसकेको कारण सम्भावित जोखिमबाट बच्न नेपाल सरकारले लागू गरेको लकडाउनको समयमा अग्रपंक्तिमा रही जोखिमको समेत कुनै प्रर्वाह नगरी समाज र नागरिकको सेवा र सुरक्षामा सक्रिय रहने नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई सर्वप्रथम सुरक्षित राख्न सके मात्र आम नागरिकहरुको पूर्ण सुरक्षा सम्भव हुने महसुस गरी उक्त प्रालिले नेपाल प्रहरीलाई पिपिई हस्तान्तरण गरेको सो अवसरमा जानकारी दिइयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरु तथा सिप्रदी ट्रेडिङ प्रालिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .