कारोबार


तीन दिनमै ७८ हजारले गरे नाडा अटो शो अवलोकन

तीन दिनमै ७८ हजारले गरे नाडा अटो शो अवलोकन

नेपालखबर
भदौ ५, २०८२ बिहिबार २१:२३, काठमाडौँ

नाडा अटो शो २०२५ ले यसपटक फेरि एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

यस वर्ष, ३ दिनमै ७८ हजार ५१३ अवलोकनकर्ता सहभागी भइसकेका नाडाले जनाएको छ। 

यो तथ्यांकले नेपाली जनतामा आर्थिक चुनौती र कठिनाइबीच पनि अटो शो प्रतिको बढ्दो उत्साह, विश्वास र समर्थनलाई स्पष्ट रूपमा प्रकट गरेको नाडाको भनाई छ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले भने, ‘म यो उपलब्धिलाई एउटा अन्त्य नभई नयाँ सुरुवातको रूपमा लिन्छु। यसले हाम्रो अपेक्षा अझ उचालिएको छ, र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख  मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ।’

उनले यस ऐतिहासिक सफलतामा योगदान पु‍र्याउने सबै प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारककर्मी र सबै अवलोकनकर्ताहरूलाई नाडाको तर्फबाट आभार व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad