६ सय हङकङवासीले पहिलो लटमा बीएन(ओ) योजनाअन्तर्गत बेलायत बसोबासको अनुमति प्राप्त गरेका छन्।
बेलायत सरकारले सन् २०२१ मा हङकङका बासिन्दाका लागि बेस्पोक मार्ग लागू गरेपछि २०२५ को जुनसम्ममा पहिलो समूहले यो संख्यामा अनुमति प्राप्त गरेका हुन्।
बीएन(ओ) भिसा योजना हेर्ने बेलायतको आप्रवासनसम्बन्धी गृह कार्यालयले बिहीबार त्रैमासिक तथ्यांकमा उक्त जानकारी दिएको हो।
यो योजनामा स्थायी बसोबासका लागि योग्य हुनका लागि हङकङका राहदानी वाहकले बेलायतमा कम्तीमा ५ वर्ष निरन्तर बसोबास गरेको हुनु पर्दछ। यद्यपि, यो अवधिमा बीएन(ओ) योजना लागू हुनुभन्दा अघि बसोबास गरेको समय पनि गणना हुन्छ।
गृह कार्यालयका अनुसार, जुनसम्म यो योजनाअन्तर्गत १ लाख ६६ हजार ३ सय मानिसहरू बेलायत पुगेका छन्।
मार्चसम्म यो संख्या १ लाख ६३ हजार ४ सय थियो।
बीएन(ओ) योजनामा सामेल भई बेलायत जान खोज्नेमा नेपालीहरू पनि छन्।
सन् २०२० मा हङकङमा राष्ट्रिय सुरक्षा कानुनको घोषणा भएपछि सोही वर्षको जुलाईमा यूकेले बीएन(ओ) राहदानीवाहक हङकङवासीलीलाई ब्रिटिस नागरिकता दिने बाटो खुला गरेको थियो।
Shares

प्रतिक्रिया