कारोबार


भारतीय सहयोगमा इलाममा बन्यो बेलिब्रिज, मन्त्री दाहाल र राजदूत श्रीवास्तवले गरे उद्घाटन

भारतीय सहयोगमा इलाममा बन्यो बेलिब्रिज, मन्त्री दाहाल र राजदूत श्रीवास्तवले गरे उद्घाटन

नेपालखबर
भदौ ४, २०८२ बुधबार १२:९, काठमाडौँ

इलाम नगरपालिका ९ र ११ वडा जोड्ने पुवा खोलामा निर्मित बेलिब्रिज औपचारिक सञ्चालनमा आएको छ।

बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले उद्घाटन गरेका हुन्।  

भारत सरकारको सहयोगमा सो पुल निर्माण भएको हो। उक्त पुल सञ्चालनमा आएसँगै ताप्लेजुङ्, पाँचथर र इलामका बासिन्दालाई झापासम्मको आवतजावत सहज भएको छ।

उक्त पुल ४८.८ मिटर लामो रहेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए। १ करोड ४८ लाख रुपैयाँको लाखको लागतमा सागर–शुभारम्भ–एरिसा जेभीले सो पुल निर्माण गरेको हो।

यो पुल सञ्चालनमा आएसँगै पहाड र तराईको दूरी समेत छोटो भएको छ। पुल निर्माणले यातायात सञ्चालनमा सहज हुनका साथै स्थानीय कृषि उपजहरुको बजारीकरण भई स्थानीयको आर्थिक स्तर सुधारमा पनि सघाउ पुग्ने विश्वास गरिएको मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए।

पुल उद्घाटन समारोहमा संघीय सांसद महेश बस्नेत, मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक डा. बिजयकुमार जैसी, पुल महाशाखाका प्रमुख ललिजन खनाल, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख बिनोदकुमार मौवार, ईलाम नगरपालिकाका प्रमुख केदार थापा, अन्य जनप्रतिनिधी लगायतको उपस्थिति थियो। मन्त्री दाहाल र राजदूत श्रीवास्तवले आजनै पाँचथरको हेँवा खोलामा जडान गरिएको मोडुलर ब्रीजको समेत उद्घाटन गर्ने कार्यतालिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad