कारोबार


भौतिकमन्त्री दाहाल र सचिव शर्माबीच कार्यसम्पादन सम्झौता

भौतिकमन्त्री दाहाल र सचिव शर्माबीच कार्यसम्पादन सम्झौता

नेपालखबर
भदौ ३, २०८२ मंगलबार १८:२५, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र मन्त्रालयका सचिव केशवकुमार शर्मा विच कार्यसम्पादन सम्झौता भएको छ।

मंगलबार मन्त्रालयमा भएको कार्य सम्पादन सम्झौता कार्यक्रममा मन्त्री दाहालले सम्झौतामा उल्लिखित लक्ष्यहरु प्राप्तिका लागि आवधिक लक्ष्य र योजना तर्जुमा गर्न निर्देशन दिए।

‘सम्झौतामा मूलभूत लक्ष्यहरु समेटिएका छन्’, मन्त्री दाहालले भने, ‘प्रधानमन्त्रीले मन्त्रीहरुसँग सम्झौता गर्नुभएको छ, त्यहीअनुसार आज मन्त्री र सचिव विच सम्झौता भयो । यसलाई मार्गदर्शन ठानेर लक्ष्य प्राप्तिमा लाग्नु हुने छ भन्ने विश्वास छ।’

गत आर्थिक वर्षमा सवैको मेहनतका कारण पूँजीगत खर्चको नतिजा राम्रो भए पनि त्यसमा ढुक्क नभई थप उच्च नतिला निकाल्ने गरि काम गर्न उनले निर्देशन दिएका थिए।

सडक विभाग, यातायात व्यवस्था विभाग, रेल विभाग तथा पानी जहाज कार्यालयलाई उच्च नतिजा हाँसिल हुने गरि कार्यसम्पादन गर्न उनको निर्देशन छ। यस्तै मन्त्रालयका सचिव शर्माले कुन महिना कति परिणाम निकाल्ने हो, सोहीअनुसार लक्ष्य निर्धारण गरि कार्यसम्पादन गर्न विभागीय प्रमुख तथा महाशाखा प्रमुखहरुलाई निर्देशन दिए। सम्झौतामा उल्लिखित नतिजा सूचकहरु प्राप्त हुने गरी माइलस्टोनअनुसार काम गर्न उनले बताएका छन्।

गत साउन २९ गते प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता भएको थियो। सोहीअनुसार मन्त्री र सचिवबीच सम्झौता भएको र अब सचिव तथा विभागीय प्रमुख एवम् महाशाखा प्रमुखहरुबीच सम्झौता गरिने मन्त्रालयका सहसचिव बलराम रिजालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad