कारोबार


कर्जायोग्य रकम बढ्दा भदौमा पनि घट्यो वाणिज्य बैंकहरूको ब्याजदर

८ बैंकले घटाउँदा प्रभुले बढायो
कर्जायोग्य रकम बढ्दा भदौमा पनि घट्यो वाणिज्य बैंकहरूको ब्याजदर

नेपालखबर
भदौ १, २०८२ आइतबार ११:३५, काठमाडौँ

कर्जा लगानीमा सुधार नभएपछि भदौका लागि पनि वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन्।

२० वाणिज्य बैंकमध्ये ११ वटाले साउन महिनाकै दरलाई यथावत् राखे पनि ८ वटाले भने सामान्य घटाएका हुन्।

घटाउनेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक र कृषि विकास बैंक छन्।

भदौमा सबैभन्दा धेरै व्यक्तिगततर्फको निक्षेपमा स्ट्यान्डर्ड चार्टर्डले १.१३ प्रतिशतले ब्याज घटाएको छ। साउन महिनामा ६.२६ प्रतिशत रहेको ब्याजदरलाई बैंकले भदौका लागि घटाएर ५.१३ प्रतिशतमा झारेको हो।

यो बाहेक अन्य सात बैंकको ०.५ प्रतिशतदेखि ०.१ प्रतिशतले ब्याज घटेको छ। अन्य ११ वटा वाणिज्य बैंकले भने भदौ महिनाका लागि ब्याजमा कुनै परिवर्तन गरेनन्।

बैंकहरूमा कर्जायोग्य रकम पर्याप्त भइरहेको अवस्थामा कर्जा बढाउन ब्याजदर बढाउन सकिरहेका छैनन्। जसले गर्दा भदौमा पनि ती बैंकहरुले पुरानै ब्याजदरलाई निरन्तरता दिएका हुन्।

त्यसो त प्रभु बैंकले भने भदौ महिनाका लागि ब्याज १.१ प्रतिशतले बढाएको छ। साउनमा यो बैंकले व्यक्तिगत निक्षेपतर्फ ४.२५ प्रतिशत ब्याज दिँदै आएकोमा साउनमा भने ५.३५ प्रतिशत ब्याज दिने भएको हो। 

समग्रमा साउनको तुलनामा भदौ महिनामा व्यक्तिगत निक्षेपतर्फको ब्याजदर औसतमा ५.५७ प्रतिशत छ। यो साउनको तुलनामा ०.१५ प्रतिशत कम हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad