ठगीको उजुरी पर्न थाले पनि नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले नेप्से एआई एप नचालाउन लगानीकर्तालाई आग्रह गरेको छ।
नेप्सेले बिहीबार सूचना जारी गर्दै सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत नेप्से एआई नामक एपबाट ठगी भइरहेको भन्दै नचलाउन लगानीकर्तालाई भनेको हो।
नेप्से एआई नामक कुनै एप वा सेवा नेपाल स्टक एक्स्चेन्जको आधिकारिक उत्पादन वा सेवा नभएको नेप्सेले जनाएको छ।
साथै नेप्सेले हालसम्म कुनै पनि मोबाइल एपमार्फत प्रत्यक्ष सेयर कारोबारको सुविधा प्रदान नगरेको समेत लगानीकर्तामा जानकारी गराएको छ।
87
Shares

प्रतिक्रिया