आज पनि सुनको मूल्य घटेको छ। सुनको मूल्य आज तोलामा एकसय रुपैयाँ घटेको हो। विगत चार दिनदेखि सुनको मूल्य लगातार घट्दै आएको छ।
हिजो सुनको मूल्य तोलामा एक हजार तीनसय रुपैयाँ घटेको थियो।
मूल्य घटेर सुनको भाउ आज तोलाको एकलाख ९६ हजार सातसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको मूल्य एक हजार तीनसय रुपैयाँ घटेर एक लाख ९६ हजार आठसय रुपैयाँ कायम भएकाे थियो।
यही साउन २३ गते सुनको मूल्य एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेको थियो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।
आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँ बढेर दुईहजार तीन सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
1.1k
Shares

प्रतिक्रिया